सरकार मुलुक र जनताको पक्षमा काम गर्ने छाँटमा देखिँदैन: देउवा

७ बर्ष अगाडि

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओलीको नेतृत्वको सरकारले मुलुक र जनताको लागि सिन्को समेत भाँच्न नसकेको टिप्पणी गरेका छन् ।

विराटनगर विमानस्थलमा शनिबार पत्रकारहरुसँग देउवाले भने, ‘सरकार गठन भएको डेढ वर्षको समयमा यो सरकारले सिन्कोसमेत भाँच्न सकेको छैन । सरकार मुलुक र जनताको पक्षमा काम गर्ने छाँटमा देखिँदैन ।’

उनले हालैमात्र सरकारले ल्याएको मिडिया काउन्सिलसम्बन्धी विधेयक कांग्रेसले कुनै पनि हालतमा सदनबाट पास गर्न नदिने समेत बताए । देउवाले नेपालको संविधानलै नैे प्रेस स्वतन्त्रतालाई सुरक्षित गरेको अवस्थामा सरकारले कानुन ल्याएर प्रेसलाई नियन्त्रण गर्न आरोप लगाए । 

७ बर्ष अगाडि

प्रतिक्रिया