काठमाडौंमा गुण्डागर्दी, चोरी र ठगीविरुद्ध कडा रूपमा प्रस्तुत हुने: एसएसपी सुवेदी

७ बर्ष अगाडि

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले समाजलाई दुर्घन्धित बनाउने हरेक क्यान्सरलाई जरैदेखि उल्मुलन गर्ने बताएका छन् ।  

सामुदायिक प्रहरी साझेदारी चन्द्रागिरीपालिका नगरपालिकाको आयोजनामा सञ्चालित स्थानीय र प्रहरीबीच छलफल तथा अन्तक्रिर्या कार्यक्रममा बोल्दै उनले काठमाडौंमा गुण्डागर्दी, लागुऔषध कारोवारी, बिचौलिया, चोरी र ठगीविरुद्ध कडा रूपमा प्रस्तुत हुने बताएका हुन । 

उनले भने, ‘अहिलेको मुख चुनौती भनेकै सामाजिक विकृति हो । सबै एकिकृत भएर समाजलाई सब्य र शान्ति बनाउनुपर्छ । हाम्रो नारा भनेकै सब्य समाज, शान्ति समाज हो ।’

एसएसपी सुवेदीले  ‘विश्वका अरु देशको राजधानीभन्दा नेपालको राजधानी काठमाडौं आपराधिक क्रियाकलाप कम हुने राजधानीमा पर्छ, यो सन्देश विश्वमा लैजानु जरुरी छ,’ भने ।

समुदायसँग सहकार्य गरेर शान्तिपूर्ण समाज निर्माण गर्न काठमाडौं प्रहरी निरन्तर लाग्ने उनको भनाइ छ ।

चन्द्रागिरी नगरपालिका नगर प्रमुख घनश्याम गिरीले चन्द्रागिरी भित्र देखिएको विकृति अन्त्यका लागि सबैसँग छलफल गरेर अगाडि बढ्ने बताए । उनले समाजलाई भयरहित सब्य शान्ति समाज निर्माणकार्यमा आम नागरिक र स्थानीय निकायबीच समन्वयात्मक भुमिका रहने चर्चा गरे ।

कार्यक्रममा महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रमुख शंकर खड्का क्षेत्रीले शान्त, सुरक्षित र सभ्य समाज निर्माणका लागि नेपाल प्रहरी र आम नागरिकको उत्तिकै भूमिका रहेको बताए । 

‘व्यक्तिलाई समाजले नै अपराधी बनाउने भन्दै राम्रो समाज निर्माण गर्नसके अपराधमा कमी आउँछ,’ उनले भने ।

कार्यक्रम चन्द्रागिरी नगरपालिका नगर प्रवक्ता हरि भक्त महर्जनले  सामाजिक विकृतिका कारण समाजमा अपराध बढेको भन्दै यसको न्यूनीकरणका लागि प्रहरीसँग समुदायको हातेमालो आवश्यक रहेको उल्लेख गरे ।

७ बर्ष अगाडि

प्रतिक्रिया