बुटवल–राष्ट्रिपति विद्यादेवी भण्डारी लुम्बिनी आइपुगेकी छिन् ।
शनिबार बुद्ध जन्यतीको अवसरमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन राष्ट्रपति यहाँ आएकी हुन् ।
यहाँ आएसँगै राष्ट्रपतिले एक भव्य समारोहकाबीच बुद्ध जयन्ती र लुम्बनी भ्रमण वर्षको उद्धाटन गरेकी छिन् ।
समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी ओली शुक्रबार नै लुम्बिनी आएका थिए ।
बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनीमा विभिन्न देशबाट बौद्धप्रति आस्था राख्नेहरुको ठूलो उपस्थिति रहेको छ ।
हिजो प्रधानमन्त्री लुम्बिनी आईसक्नु भएको छ ।
यसैबीच आज बिहानै ओलीले लुम्बिनी विकास कोष परिसरमा फलफूलका विरुवा रोपेका छन्।
प्रतिक्रिया